• १९ असार २०७९, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेल क्षेत्रमा राजनीति नगर्न आग्रह




युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमाबोल्दै मन्त्रीअथकले एन्फामा देखिएको समस्या सहमतीमा समाधान गरेर अगाडी बढ्न आग्रहगर्नुभएको हो ।

राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्रीअथकले भन्नुभयो, “राज्यले फुटबलमा ठुलो लगानी गरीरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन ।” यद्यपी नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमामात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उहाँले बताउनुभयो ।

‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’मन्त्रीअथकले भन्नुभयो ।
खेललाई उद्योगका रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

‘नेपाल प्राकृतिक रुपले सुन्दर छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न आवश्यक छ,’ मन्त्री अथकले भन्नुभयो, “हाम्रो जस्तो देशमा खेल पर्यटनको सम्भावनाअत्याधिकमात्रामा रहेको छ ।”

खेललाई ब्यवसायीक तथा आर्थिक क्षेत्रका रुपमा समेत विकास गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो “आगामी विश्वको उदाउँदो उद्योग भनेको नै खेल क्षेत्र हो ।”
नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरकाप्रतिस्पर्धी खेलाडीका रुपमा उत्पाद नगर्न विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री अथकले गोर्खा स्प्रिडलाई अगाडी बढाउने गरी एन्फाको आगामी नेतृत्वले रणनिति बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

 

Facebook Comments