• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल नेपाल किसान महासंघ दाङद्वारा जिल्ला प्रशासनलाई ज्ञापनपत्र




असार  ६ दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ जिल्ला समिती दाङले किसानहरुको लागि खेती गर्ने बेला मलको अभाव भएकोले मलको ब्यबस्था गर्नु पर्ने माग सहित जिल्ला प्रसासनमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा किसानहरुले खेती गर्ने बेला भएकोले अबिलम्ब मलको ब्यबस्था गर्नु पर्ने , मलको दीर्घकालिन समस्या समाधान गर्न मल उधोगको स्थापना गर्नु पर्ने , रासायनिक मलमा अनुदान थप्नु पर्ने , रासायनिक मलको ठाउमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेणा दिनु पर्ने , सहरको फोहोर बाट कम्पोस्ट मल बनाउनु पर्ने , किसानको उत्पादित बस्तुको बजार ब्यबस्थापन गर्नु पर्ने, कृषि उत्पादन हुने जमिन प्लानिङ र खण्डिकरण हुन बाट रोक्नु पर्ने , कृषि कर्जा सहज रुपमा पाउने बाताबरण निर्माण गर्नु पर्ने , भु उपयोग नीति लागू गर्नु पर्ने , किसान पेन्सनको ब्यबस्था गर्नु पर्ने , कृषि बिमा निसुल्क गर्नु पर्ने , हरेक स्थानीय तहमा कोल्ड स्टोरको ब्यबस्था हुनु पर्ने , बियु बिजन स्वदेशमै उत्पादन गर्नु पर्ने , सिंचाइमा लागेको बिधुत महसुलमा छुट गर्नु पर्ने लगायतका मागहरु राखीएको छ । उक्त ज्ञापनपत्र जिल्ला अध्यक्ष ऋषिराम पौडेलले बाचन गरि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई हस्तान्तरण गर्नु भएको थियोे । प्रमुख जिल्ला अधिकारी रेग्मिले ज्ञापनपत्र बुझ्दै यसलाई गृहमन्त्रालयमा पठाउने र आबस्यक ब्यबस्थाको लागि पहल गर्ने कुरा बताउनु भयो । उक्त ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल किसान महासंघका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, जिल्ला सदस्य मनिराम खनाल, खडानन्द खनाल, हरी खरेल, सुरेश कुमार पान्डे, दिनेश रैदाश लगायतका जानू भएको थियोे ।

Facebook Comments