• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत कार्यालयमा तालाबन्दी




तुलसीपुर, ५ असार । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् । पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको स्थानीय युवा बसन्त गिरीले बताउनुभयो ।

गिरीको नेतृत्वमा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालबन्दी गरिएको हो ।आइतबार (आज) बिहान कार्यालयमा पुगेका स्थानीयले तालाबन्दी गरेपछि विद्युतका कर्मचारीसहित विद्युतका लागि ध्यानाकर्षणपत्र बुझाउन गएको उद्योग वाणिज्य संघको टोली पनि कार्यालयभित्रै थुनिएको छ ।

विद्युत कार्यालयको चरम लापरबाहिका विरुद्ध तालाबन्दी गरिएको गिरीले बताउनुभयो । मागका विषयमा गम्भिर नहुँदासम्म तालाबन्दी जारी रहने उहाँले बताउनुभयो । विद्युतको अघोषित लोड सेडिङका कारण ताला गर्न बाध्य भएको अर्का स्थानीय इश्वरीप्रसा गैरेले जानकारी दिनुभयो । विद्युतको कार्यालयको चरम लापरबाहिका कारण  विद्युतिय उपकरणमा समस्या भएको उहाँले बताउनुभयो ।

विद्युत कार्यालयमा विद्युत नियमितताको मागसहित स्थानीयको भिड लागेको छ भने कार्यालयका कर्मचारी भित्रै थुनिएका छन् ।

यसैबिच विद्युत नियमित हुनुपर्ने मागसहित तुलसीपुर उद्योग वाणिज्य संघले कार्यालय प्रमुख ज्ञानबहादुर फर्साललाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष रामप्रसाद चालिसे प्रमुख फर्साललाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।

Facebook Comments