• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गणित शिक्षकहरुको भेला सम्पन्न, यस्ता छन् निर्णय ?




घोराही, ४ असार । दाङको घोराहीमा गणित शिक्षकहरुको भेला सम्पन्न भएको छ । दंगाली शिक्षाप्रेमी महानुभावहरुको आयोजनामा आज शनिबार घोराहीको अम्बिकेश्वरी क्याम्पसमा सो भेला सम्पन्न भएको हो ।No description available.

दाङमा गणित शिक्षकहरुको अभाव देखिएको हुँदा गणित विषयको उत्थान गर्नुपर्ने कार्यक्रममा सहभागी शिक्षाप्रेमीहरुले जोड दिएका छन् । अहिलेको अवस्थामा विद्यार्थीहरुले गणित विषय निकै अप्ठारो मान्ने गरेकाले सानो कक्षादेखि नै गणित विषयको सिकाई क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने, गणित विषय जसरी पढाउनु पर्ने हो, त्यसरी नै बढाउने र हरेक कोर्षका आधाभूत अवधारणा विद्यार्थीहरुलाई राम्रोसँग बुझाउनुपर्ने सहभागीहरुले जोड दिएका थिए ।No description available.

महेन्द्र बहुमुखी क्याम्पस दाङका सह–प्रध्यापक प्रेम शाहको अध्यक्षमा सम्पन्न भेलाले गणित विषयसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु गरेको छ । भेलाले दाङ जिल्लामा गणितसँग सम्बन्धित विविध खालका कार्यक्रमको लागि समन्वय, सहकार्य तथा संयोजन गर्नका लागि नेपाल गणित समाज लुम्बिनी प्रदेशका सह–सचिव पर्शुराम चौधरीलाई जिम्ममा दिने, कक्षा ९–१२ को २०७९/८० मा लागुहुन गइरहेको पाठ्यक्रमको बारेमा (भौतिक वा अनलाइन माध्यमबाट) दाङमा कार्यरत गणित शिक्षकहरुलाई तालिमको आयोजना गर्ने, स्तरीय परीक्षामा सोधिने प्रश्नपत्र कोर्षभन्दा बाहिरको भएको देखिएको हुँदा विज्ञहरुलाई सुझाव पठाउने निर्णय गरेको छ ।No description available.

कार्यक्रम दुई सत्रमा संचालन गरिएको थियो। कार्यक्रमको पहिलो सत्रमा विशिष्ट अथिति त्रीचन्द्र क्याम्पसका सह-प्राध्यापक डा.प्रमेश्वरी कट्टेलले नेपाल गणित समाजको बारेमा जानकारी दिनुका साथै कक्षा ११,१२ मा रहेको गणितको प्रोजेक्ट वर्क कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिए। अर्का विशिष्ट अतिथि गणित केन्द्रीय विभागका उप-प्राध्यापक डा. जीवन काफ्लेले कक्षा ११को परिवर्तित पाठ्यक्रम सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

साथै नेपाल गणित समाज लुम्बिनी प्रदेशका सभापति गोपाल आचार्यले दाङमा भैरहेको यो कार्यको तारिफ गर्दै आगामी दिनमा प्रदेशबाट दाङका गणित प्रेमीहरुको वृद्धि विकासको लागि जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

पहिलो सत्रको समापन महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक किशोर पोख्रेलले गरेको थिए । दोश्रो सत्रमा विविध विषयमा छलफल गर्दै विभिन्न निर्णयहरु गरिएको थियो ।

कार्यक्रममा अम्बिकेश्वरी क्याम्पस घोराही क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल, गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूल घोराहीका प्रिन्सीपल मानसिंह घर्ती, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, गणित शिक्षा लुम्बिनी प्रदेशका सल्लाहकार संयोजक लोकबहादुर बस्नेत, हिसान दाङका सचिव विष्णु देवकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल गणित समाज लुम्बिनी प्रदेशका सह–सचिव पर्शुराम चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बिरेन्द्र चन्द र विद्यानीलकण्ठ माविका प्रिन्सीपल रामजनम चौधरीले गरेको थिए ।

Facebook Comments