• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुबेतमाथि नेपाली चेलीको सानदार जित




एसिसि महिला टि ट्वान्टी च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो जित हासिल गरेको छ।आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कुबेतलाई २५ रनले पराजीत गरेका छन्।नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुबेतले मात्र ८२ रन बनाएको हो।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन्।नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो ।

मलेसियामा हिजोबाट सुरु यस प्रतियोगिताको पहिलो दिन नेपालले भुटानसॅंग प्रतिस्पर्धा गरेकोमा भुटानलाई सहज रुपले पराजित गरेको थियो।मलेसियाको यूएसडी यूकेएममा भएको पहिलो खेलमा नेपाली टिमले भुटानमाथि ५० रनको विशाल जित हासिल गरेको छ। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।आजको जितसँगै नेपाल दुई खेलमा ४ अंक सहित पहिलो स्थानमा रहेको छ।

समुह बि मा रहेको नेपालको समुहमा हङकङ, कुबेत, बहराईन र भुटान रहेका छन्। आगामी ११ गते सम्म संचालन हुनेछ। तेस्रो खेलमा असार ६ मा बहराईन विरुद्ध खेल्नेछ समुह चरणको अन्तिम खेलमा असार ७ गते हङकङ विरुद्ध खेल्ने छ।

 

Facebook Comments