• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अघोषित लोडसेडिङ: विद्युत कार्यालयलाई लालटिन उपहार




दाङ, ३ असार  । अघोषित लोडसेडिङ हुन थालेपछि दाङमा विद्युत कार्यालयलाई लालटिन उपहार दिइएको छ ।
नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाईमा ध्यानाकर्षण पत्रसहित आज  विद्युत कार्यालयमा पुगेर लालटिन उपहार दिएका हुन् ।

डेलिगेसन गएर अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरुप लालटिन उपहार दिईएको कांग्रेस क्षेत्रिय सभापती भिमप्रकाश खड्काले बताए । डेलिगेसनका लागि पुगेको समुहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणी बिकलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न समेत आग्रह गरेको थियो ।

डेलिगेसनमा नेपाली काङ्ग्रेसका क्षेत्र नं. २ का क्षेत्रीय सभापति खड्का, प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ ,नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी,दाङ उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरा, ऋषि पोख्रेल, सुरज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments