• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल व्यवसायीद्धारा स्थापना दिवसको दोस्रो दिन सरसफाई




घोराही, २ असार । दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा विहिवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको समितिले विहिवार घोराही उपमहानगरपालिका वडा नंम्वर १३ मा पर्ने धार्मिक तथा पर्यटकिय क्षेत्र बाह्रकुने दहमा सरसफाई कार्यक्रम गरेको हो । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका संयोजक टेमन बुढा, जनप्रतिनिधि तथा होटल व्यवसायीहरुको सहभागितामा सरसफाई गरिएको हो । बाह्रकुने दह क्षेत्रबाट संकलन गरिएको प्लाष्टिक जन्य फोहोर, सिसा र गल्ने फोहोरलाई घोराही उपमहानगरपालिकाको फोहोर संकलन गर्ने गाडी मार्फत् डम्पीङ साईडमा पठाईएको हो । फोहोर संकलनपछि गरिएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक एवं घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढाले धार्मिक तथा पर्यटकिय क्षेत्रले दाङको परिचय बोक्ने भएकाले यस्ता क्षेत्रलाई सरसफाईयुक्त बनाएर आफ्नो ठाउँको पहिचान माथि उठाउन सकिने बताउनु भयो । अर्काेतिर स्थापना दिवसका अवसरमा होटल व्यवसायीहरुले संस्थागत रुपमा सरसफाई कार्यक्रम गर्नु प्रसंशनिय कार्य भएको भन्दै अन्य सामाजिक संघसंस्थाले पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपद व्यवस्थापन महाशाखाका संयोजक समेत रहनु भएका बुढाले धार्मिक तथा पर्यटकिय क्षेत्रलाई सरसफाईयुक्त बनाउन भुमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै घोराही १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलले वडाभित्र रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बाह्रकुनेको चौतर्फी विकास र संरक्षणका लागि वडा सरकारले काम गर्ने बताउनुभयो । यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढाले फोहर व्यवस्थापनको पाटोलाई प्रभावकारी र व्यवस्थित बनाउन लागि परेको बताउनु भयो । सरसफाई कार्यक्रमको आयोजना गर्ने होटल व्यवसायी समितिलाई धन्यवाद दिदै स्थानिय सरकार र सरोकारवाला निकायलाई मन्दिरको विकासका लागि एकजुट भएर लाग्न आग्रह गर्नु भयो । होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी, वरिष्ठ उपाध्यक्ष ईश्वरबुढालगाएतका पदाधिकारी तथा होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमका लागि समितिका महासचिव टिकाराम भुषालको संयोजक्त्वमा सचिव श्यामकुमार विक र सदस्य लंकबहादुर बुढामगर सदस्य रहेको तिन सदस्य उपसमिति गठन गरिएको थियो । कार्यक्रमको सहजिकरण महासचिव तथा कार्यक्रम संयोजक भुषालले गनुभएको थियो । यस्तै स्थापना दिवसको मुख्य दिन शुक्रवार समितिकै सभाहलमा रक्तदान तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको महासचिव भुषालले जानकारी दिनुभयो ।।

Facebook Comments