दाङ, १ असार । बेपत्ता श्रीमानको खोजी गरिदिन घोराही उपमहानगरपालिका हापुर रतनपुर निवासी बसन्ता केसीले सबैसँग आग्रह गरेकी छिन् ।
गएको जेठ ६ गते घोराही उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख नरुलाल चौधरीको विजयी जुलुसमा सहभागी हुन भन्दै घरबाट घोराही आउनुभएका आफ्ना श्रीमान ४५ बर्षीय मेघराज केसी अहिलेसम्म घर नफर्किएको भन्दै श्रीमतीले वेपत्ता श्रीमानको खोजी गरिदिन सवैसँग आग्रह गरेकी हुन्।
उनले श्रीमानको खोजीका लागि बेपत्ता भएदेखि नै निरन्तर रुपमा लागेपनि श्रीमानको दुवै नम्वर अफ रहेको समेत बताइन श्रीमति केसीका अनुसार कतै फेला पार्नुहुनेले प्रहरी कार्यालय वा परिवारको मोबाईल: ९८०६२४६७३७, ९७४१७२००५३ र ९८०९७००२०५ मा फोन गरेर खबर गरिदिनुहुन समेत सवैमा आग्रह गरेकी छिन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।