• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिसस रुकुमपश्चिममा माओवादी प्यानल निर्विरोध, प्रमुखमा लुम्बिनी गौतम




जिल्ला समन्वय समितिका लागि रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको प्यानल निर्विरोध भएको छ ।

९ सदस्यीय जिल्ला समन्वयका लागि नेकपा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुखमा लुम्बिनी गौतम निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रले यसअघि नै जिल्ला समन्वय समितिको नेतृत्वमा महिलालाई पठाउने गरेको थियो । त्यस्तै उपप्रमुखमा देबबहादुर कामी निर्विोध हुनुभएको छ ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट केसी आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सदस्यहरुमा खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित वा अल्पसंख्यकबाट मीना बिक निर्विरोध हुनुभएको छ ।

जिससका लागि माओवादीले आठबीसकोटबाट प्रमुख र एक सदस्य, सानीभेरीबाट उपप्रमुख सहित १ सदस्य र चौरजहारी नगरपालिकाबाट २ जना सदस्य उठाएको थियो ।

यसवाहेक मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाबाट १र१ जनालाई उम्मेदवार बनाईएको थियो ।

प्रमुख, उपप्रमुख सहित जिल्ला समन्वय समिति बढीमा ९ सदस्यीय हुने व्यवस्था छ । जिल्ला समन्वय समितिका लागि जिल्लामा जम्मा १२ जना मतदाता रहेका छन् । १२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन् ।

Facebook Comments