• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पुलामी




मधुसुदन गिरी
कमिरेचौर २९ जेठ
दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको प्रथम साधारण सभा तथा अधिवेशन आज कमिरेचौरमा सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुकप्रसाद पुलामीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष टङ्कसिह बुढाथोकिको प्रमुख आतिथ्य एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सि विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष राम प्रसाद पोख्रेल, संघ सचिव नरेश श्रेष्ठ, निवर्तमान उद्योग उपाध्यक्ष बसन्त जोशी लगायत जनप्रतिनिधि, उद्योगी व्यावसायी, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा राजनितिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा शाखाको कोषाध्यक्ष केशव वलीले ३ बर्षे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने शाखा सचिव डोम बहादुर केसिले ३ बर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै अधिवेशनबाट उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको १३ सदसिय नयाँ समिति चयन गरिएको छ । जसको अध्यक्षमा, रुकप्रसाद पुलामी चयन हुनुभएको छ । भने उपाध्यक्षमा मेघराज परियार र कुल बहादुर वली, कोषाध्यक्षमा केशव जिसि, सचिवमा तिलक नेपाली, सहसचिवमा ताम बहादुर परियार चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा दुर्पता पौडेल, टेक बहादुर महरा, विष्णु महरा , युवराज पुलामी झविन्द्र भण्डारी, हिमलाल बाँठा र प्रेम समाल चयन हुनुभएको छ।
शाखा उपाध्यक्ष कुल बहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शाखा सचिव डोम बहादुर केसिले गर्नुभएको थियो ।

Facebook Comments