• १९ असार २०७९, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्व कमरेडहरुलाई खुलापत्र: तपाईं बदलिनुस, म बदलिएको छैन





कमरेड अभिवादन !

लाखौं ओझेलका मुठ्ठीहरुले करोडौं मान्छेहरूका सपना खोज्दैछन्, ती हजारौं सहिदहरु भन्दैछन् सपना साकार कि बेकार ?

कमरेड ! म जस्ता हजारौं लाई बिर्सिदिनुस फरक पर्दैन। तर ती सहिद , घाइते , बेपत्ताको रगतको मुल्य त बुझिदिनुस, हामी पनि बिर्सिएका कहाँ छौ र ? खुकुरीको धारमाथी टेकेर ढाल बनी कसैको छाती बचाईदिएकाछौ, आफन्तहरु गुमाएर पराईहरुलाई वराई बनाएकाछौ।आमको अधिकार खोज्दै गर्दा आफ्नै अधिकार गुमाएकाछौ।

कमरेड ! हामी कहाँ बिर्सिएकाछौ र ! भोकै, प्यासै, अनिदै कयौं दिनरात बोम र बारुद सङ्ग लुकामारी खेलेको , जिउ भरि आला घाउ र सुकेका माम्रा उम्केका छैनन् । कमरेड ! त्यसैले आभाष हुन्छ क्रान्ति अझै बांकी छ।

मुठ्ठीको महत्त्व नबुझ्नेहरु सिठ्ठी फुक्दै गल्ली अनि चोक हरुमा भौतारिनुको अर्थ छैन। आउनुस खोजौ लक्ष्य अझै भेटिएको छैन।

कमरेडहरु: हामी समाज रुपान्तरण ब्यबस्था परिवर्तन खोज्यौं, त्यसमा पनि आम श्रमिक जनताको उठ्ठान सबै खाले उत्पीडित बर्गको अधिकार प्राप्तिका निम्ति सशस्त्र जनयुद्ध गर्यौं । युद्ध लड्यौ साथी गुमायौं, परिवार गुमायौं, शिक्षा गुमायौं, पेशा गुमायौं, उमेर गुमायौं सबै सबै गुमायौं। के का लागि ? हामी समाजबाद रोज्यौं, समानता खोज्यौं, यो ब्यबस्थामा रुपान्तरण खोज्यौं, देशको स्वाधीनता , सार्बभौमिक्ता, न्यायीक समाजको परिकल्पना रोज्यौं त्यसका लागी बन्दुक बोक्यौं । के हामीले गलत गर्यौं ?

कमरेड ! आज पुजीवादी नोकरशाही तन्त्र, हामिले दुत्कार्दै आएको फेलियर कुकुरको पनि सिनोको नामाङ्कृत यहि संसदीय ब्यबस्था स्विकार्नु थियो भने युद्ध किन लड्यौं ? कसैका कोख रित्तिए कसैका गोठ रित्तिए, कसैका सिंदुर पुछिए विकल्प यहीँ बाट संभव छ र ?

के हामी राजतन्त्र लाई मात्र मुख्य शत्रु ठानेका हौ र ? मुख्य कुरा त ब्यबस्था होला नि ! एउटा राजा रहनु र नरहनुले खासै फरक पार्दैन, हिजो एउटा राजाले श्रीपेच लगाएका थिए । आज हजारौ राजाले श्रीपेच भन्दा महङ्गो जिवनशैली जिउछ्न भने के हो परिवर्तन ?

निहित मान्छेका निहित स्वार्थका लागि आम जनसमुदाय , आम कार्यकर्ता योद्धाहरुले बन्दुक बोकेर आफ्नो सबै अस्तित्व गुमाउनु बाध्यता होर ?
सम्मानिय कमरेड ! यो ब्यबस्थामा सम्मानिय राखेनौ भने खल्लो महसुस हुन्छ होला। त्यसैले आज सम्मानिय छुटाउनै भएन। सर होइन कमरेड भनौ भन्नुहुन्थ्यो। म अझै त्यही कमरेडको ठाउँमा छु र कमरेड नै भन्ने दुस्साहस गर्छु ।

खैर केही छैन, सच्चा कम्युनिस्टहरु मानवीय संस्कार भन्दा बाहिर जान सक्दैनन र त आज जहाँ छु त्यही संस्कारमा छु।

कमरेड ! म युद्ध लडिरहंदा झोलाभरी किताब हुन्थे, झोला पिठ्युँ पछाडी हुन्थ्यो। छातीमा म्याग्जिनहरु अनि कम्मर भरी गृनेट हातमा बन्दुक आफ्नै अगाडि मात्र हेरियो। पिठ्युँ पछाडीको किताब पल्टाउने फुर्सदै भएन। आज नेता बन्न किताबै पल्टाउनु पर्दोरहेछ हगि ! आज ती किताब हेर्छु, पुराना भैसकेका छ्न। हिजोको किताब र आजको व्यबहार निकै फरक देखे र पढ्न छोडे। अनि अठोट गरे । मुख्य कुरो त समाज,समस्या र आवश्यकता अझै मानव जिबनलाई पढ्नुपर्दोरहेछ।

आज त्यही पढ्दैछु। किताब खाली मान्छेहरू लाई भ्रममा राखेर ब्यापार गर्ने भाषणको साधन मात्र बन्यो। लेखिएको कुरा पढियो गरिएन, आँखा अगाडिका मान्छेहरुलाई टिपियो, आँखा पछाडी कुल्चियो, कहिल्यै हेरिएन। सोचिएन! म अगाडि पुग्नुनै पछाडि बाट धकेल्नु हो भन्ने कुरा । यहि हो कपुट दृस्ठिभ्रम। आज पावरफुल चस्मा लागाएर अगाडिका किरा फत्याङ्रा पनि समाए तर पछाडिका हिरा पनि छुटाए। आज हाम्रो आन्दोलन, हाम्रो इतिहास जुन अवस्थामा छ, परिणाम यही हो। एउटा भनाइ छ दुई पाईला अगाडि हिड्नु अघि एक पाइला पछि हतेर पनि हेर! एउटा निर्णय लिनु अघि दस चोटि सोच ! तर हजारौं माईल अगाडि पुग्दा सम्म पछि हेरिदैन। दस वटा निर्णय गरिन्छ , एक चोटि सोचिदैन। अनि पश्चतापको बिकल्प रहन्छ र ? मेरो कुन्ठा, निराशा केही होइन आबेग हो ।

केही समय अगाडि एउटा गायकले गित गाएछ्न। तपाई हरु सुन्नु भयो ? भट्भटी पोलेन ? मलाई त पोल्यो त ! तपाईहरुलाइ पोलोस पनि कसरी ? ढुङ्गा छलिदिने पुलिस, आगो निभाईदिने पुलिस, छाती सेकिदिने आफन्त र ठेकेदार ! हिजो पो ढाल बनेर गोलि छलिदियौ। तपाईं आनन्दले निदाउदा रातभरी पानीमा भिज्दै बन्दुक बोकेर बाहिर ड्युटी गरिरहयौं। आज हामी न आफन्त हौ न ठेकेदार !

म सम्झन्छु चुनबाङ्ग बैठकमा धरधरी रुने कमरेडहरुले आज हामिलाई धरधरी रुने अवस्था किन बनाए ? किन त्यो नाटक थियो ? कुनै ताका जनमुक्ति सेना यो राष्ट्रका भविस्य छाती फुलाउने योद्धाहरुको छाती आज खुम्च्याएर खुशी छाडी खाडी जानुपर्ने अवस्था किन आयो ? हजारौं योद्धाहरु ढले , जनसत्ता ढले, कम्युन ढले,आस्था ढले, बिचार ढले, सपना ढले अनि उर्जा ढले अब ढल्न के नै बाकी रह्यो कमरेड ?

कमरेड एक चोटि पछि फर्केर हेर्नुस् त ! सपनै सपना छ्न त्यहाँ जहाँ संभावना धेरै छन् । हामी भुलको बाटो छोडेर फुलको बाटो हिडौ त, जहाँ सबै थोक छ । एक चोटि नियाल्ने पो होकि ! हामी ठुलो जाल बनाउन आवश्यक छ, त्यो बिचार हो। हामी जति फुकाएर फाल्छौ, पराई हरुपनी समेटिन्छ्न धेरै फुकाउन सकेनौ भने उहीँ ढोले गांडो पर्ने निश्चित छ, माछा सबै माछा हुन, जात फरक हुनसक्छन् भन्ने बुझेनौ ।हामिमा संकीर्णता, ब्यक्तिबाद, नाता र कृपामा अल्झियौं। आज त्यही घाउ हो दिन दिनै बल्झिरहन्छ। हाम्रा मुख्य दुस्मनहरु त्यसको फाइदा लिन हर कोशिशरत छ्न।

म गोपनियता भङ्ग गर्न चाहदैन थिए। तर बिषय बस्तुहरु निकै टाढा सम्म पुगिसके म नबोल्नुको अर्थ रहेन। किनकी हामी बिचलनमा प्रष्ट भयौ। इमानदारीतामा पारदर्शी हुन सकेनौ। हामी समिक्षा गर्छौ, समझदारी गर्न सकेनौ। टुट्फुट र बिभाजनमा रमायौं, एकतामा खुशी सात्न सकेनौं। हाम्रो आन्दोलन र इतिहासमाथी गर्भ गर्न नसक्नु मुख्य समस्या हो। हामी पद, पैसा, र प्रतिस्ठाका लागि भन्दा देश र जनता माथी बढी जिम्मेवारी रहयौ भने टुटेका मन, फुटेका तन सबै बांढिनु विकल्प छैन। शहिदहरुको भत्केको आत्मा, घाइतेहरु आत्मा, घाइतेहरुको चिरिएको छाती, बिरक्तिएका योद्धाहरुको सहि ढङ्गले मुल्यांकन नहुदा सम्म पार्टी होइन पाटी बन्ने खतरा छ्दैछ। सम्पुर्ण आदरणीय कमरेडहरु “कार्यदिशा सहि या गलत हुनुले सबै कुराको निर्धारण गर्दछ” भनेझै, कार्यदिशा सहि छ भने गुमेका हर चिज पनि प्राप्त गर्न सकिन्छ। यदि कार्यदिशा गलत भयो भने प्राप्त उपलब्धी पनि गुम्ने खतरा हुन्छ !
प्रेम क्षेत्री

Facebook Comments