• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ५ दिनसम्म भूमेपर्व मनाउने मगर संघको निर्णय




दाङ / नेपाल मगर संघले दाङमा ५ दिनसम्म भूमेपर्व भब्य रुपमा मनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश मुख्य मन्त्रालय कार्यालयको आर्थिक सहयोग र नेपाल मगर संघ लुम्बिनी प्रदेशको सहयोगमा असार १ गतेदेखि ५ गतेसम्म दाङ घोराहीमा भुमे पर्व मनाउन लागिएको हो ।

विशेष गरि अथार मगरातमा क्षेत्रमा मनाइने मगरहरुको प्राचिनकालिन मुख्य मौलिक चाड भुमे पर्वको तयारी भएको आयोजकले जनाएको छ । संघको शनिबार दाङ घोराहीमा बसको बैठकले पाँच दिनसम्म भव्यरुपमा भुमे पर्व मनाउने निणर्य गरेको छ ।

नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसेको बैठकले दाङमा रहेका विभिन्न मगर समाज , भातृ संगठनहरुलाई सह आयोजकमा राखेको छ ।

पाँच दिनसम्म संचालन हुने भुमे दिवसको उट्घाटन पुर्व उर्जा मन्त्री वर्षमान पुनले गर्ने भएका छन् । असार १ गते उद्घाटनको दिन भुमे नाच प्रतियोगीता पनि हुने छ भने प्रतियोगी समुहहरुलाई पुरस्कृत गरिने भनिएको छ ।

भुमे नाच प्रतियोगिताका लागि जेठ ३१ गतेसम्म समुह दर्ता गरिसक्नुपर्ने सचिव मुक्त बुढा मगरले जानकारी दिनुभयो ।

Facebook Comments