• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खैरो हिरोइनसहित जमुनाह नाकाबाट लमहीका ५ जना पक्राउ




दाङ/ नेपालगन्जको जमुनाह नाकाबाट लागु औंषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन् ।

भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधब रिजालले बताए ।

यस्तै भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनिहरु पनि लमहीकै हुन । पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन ।

श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा चेकजाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो ।

Facebook Comments