• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राज्यले सबै धर्मलाई एउटै आँखाले हेर्नुपर्छ : अध्यक्ष बिष्ट




जगत खनाल
भालुबाङ, २८ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले नेपाल रहेका सबै धर्मलाई एउटै आँखाले हेर्नूपर्ने बताउनु भएको छ । आज शनिबार राप्ती गाउँपालिका इसाईको समुदायले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

इसाई समुदाय राप्ती गाउँपालिका अध्यक्ष राजन रायमाझीको अध्यक्षता भएको कार्यक्रममा भएको कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै अध्यक्ष बिष्टले सबै जातजाती , धर्म , समुदाय मिलेर राप्ती गाउँपालिका लाई नेपालकै नमुना गाउँपालिका बनाउन लाग्नु पर्ने पनि बताउनु भएको थियो ।

पहिलो बजेट स्वास्थ्य , शिक्षा र कृषिलाई प्रथामिकतामा राखी निर्माण गर्ने बताउदै अरु सवै बिकास क्रमश गर्दै जाने बताउनु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी , वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरी , वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी , वडा नम्बर ५ का अध्यक्ष बेद प्रसाद चौधरी , वडा नम्बर ८ का अध्यक्ष चन्द गुरुङ लगायतले मन्तव्य राख्नु भयो ।

राष्ट्रिय गित बजाएर सुरु भएको कार्यक्रममा आफ्नो समुदायले भोग्नु परेको पीडा र आफ्ना माग निर्वाचित अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्षहरु सङ राखेका थिए ! इसाई समुदाय राप्ती गाउँपालिका सह सचीव निमा थापाले स्वागत मन्तव्य बाट स्वागत गर्नु भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ फुलमाला लगाएर स्वागत गरिएको थियो ।

राप्ति गाउँपालिका भित्र रहेका चर्चको गतिविधि पास्टर जय प्रकाश घर्तीले राख्नु भएको थियो । २९ वडा चर्च रहेको राप्ती गाउँपालिकामा एक हजार चारसय एघार जना सदस्य रहेको उक्त कार्यक्रम जानकारी गराइएको थियो । कार्यक्रमको संचालन सचिब निसु चौधरीले गर्नु भएको थियो ।

Facebook Comments