• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदय क्याम्पसमा जनप्रतिनिधिलाई सम्मान, नवआगन्तुक विद्यार्थीलाई स्वागत





विष्णु गोराथोकी

पद्मोदय क्याम्पसले एक कार्यक्रम गरी घोराही उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिसहित नवआगन्तुक बिबिएस र बिएससी प्रथम बर्षका बिद्यार्थीलाई स्वागत गरेको छ ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, घोराही १८ का अध्यक्ष तथा क्याम्पस व्यवस्थापनका उपाध्यक्ष भरत अर्याल, १७ वडाध्यक्ष रामलौटन चौधारीलगायतलाई स्वागत गरिएको हो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापनका अध्यक्ष ताराप्रसाद अधिकारी, क्याम्पस प्रमुख निश्चल आचार्यलगायतले बोल्नुभएको थियो ।

शिक्षक विद्यार्थी समंन्वय समितिका अध्यक्ष सुनिलकुमार घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी विष्णु गोराथोकीले स्वागत गर्नुभएको थियो । क्याम्पस प्रमुख आचार्यले पुस्तकालय व्यवस्थापन, नमूना क्याम्पस का साथै क्याम्पसको हरेक गतिविधिमा ध्यानाकर्षण गरिदिनुहुन प्रमुख अतिथि उपमेयर डिसीलाई अनुरोध गर्नुभएको थियो ।

क्याम्पस व्यवस्थापनका अध्यक्ष ताराप्रसाद अधिकारीले हरेक क्षेत्रमा क्याम्पसको पहिचान र चिनारी दिनुभएकोमा क्याम्पसको तर्फबाट सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस आफ्नै भवनमा सर्दा बिद्यार्थी सङ्ख्या कम भएकोले प्रदेश सरकारबाट बसको व्यवस्थापन भएको जानकारी पनि उहाँले गराउनुभएको थियो ।

प्रमुख अतिथि उपमेयर डिसीले अहिलेसम्म उपमहानगरपालिकाले गर्दै आएका सेवामा निरन्तरता दिदै अन्य गतिविधिमाका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अबको केही समयमै क्याम्पसको बाटो पिज हुने पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षक चुडामणी रेग्मी, हेमकान्त, सोजन शर्मा, किरण पौडेल, प्रेम डिसी, रोसन, सुरज र बिन्दु आचार्यको सहभागी रहेको थियो । कार्यक्रमको सहजिकरण नारायण न्यौपानेले गर्नुभएको थियो।

Facebook Comments