• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र काडेतारको टिजर सार्वजनिक




काठमाडौं । राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र काँडेतारको टिजर सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर युटुव च्यानलबाट टिजर सार्वजनिक गरिएको हो ।

नायक नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।काँडेतारमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बालकलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ । संगीतकार मणि थापा र दिपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीकाे निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् ।
राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरु निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता नवल खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रुपमा लिइएको छ ।
आवाज, दशगज, भिमदत्त नवलका सशक्त चलचित्रहरु हुन् ।

Facebook Comments