• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिन्दू विद्यापीठमा चेतनामा आधारित शिक्षा प्रशिक्षण




खडग शर्मा
घोराही, २७ जेठ । चेतनामा आधारीत शिक्षा ( कन्सियसनेस वेस्ड एजुकेशन )को पाँच दिने प्रशिक्षण कार्यक्रम आज घोराहीको हिन्दू विद्यापीठ-नेपालमा सम्पन्न भएको छ ।

विद्यालयका बालबालिकाको मानसिक विकासका लागि ध्यान अत्यन्त आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन्। ध्यानले मष्तिस्कको कार्यक्षमता अत्यन्त वृद्धीहुने र तनावरहित भएर अध्ययन गर्न सकिने प्रशिक्षकहरुको भनाइ रहेको छ ।

प्रशिक्षण कार्यक्रममा महर्षी वैदिक फाउन्डेसनका नारायण प्रसाद धिमाल, अरुण कुमार अर्याल र विमला शर्मा रहनु भएको छ ।

कार्यक्रममा प्रशिक्षक विमला शर्माले अहिले ध्यान युरोप अमेरीका लगाएतका धेरै मुलुकका स्कुल कलेजमा अनिवार्य जस्तै भएको बताउनु भयो । हाम्रै ठाउँको कुरा अन्य मुलुकले सीकेर प्रगती गरिसक्दा समेत हामीहरु अझैपछि परिरहेको उहाँले बताउनु भयो ।

प्रशिक्षक अरुण कुमार अर्यालले शिक्षक र बालबालिकाको लागि यो अपरीहार्य रहेको बताउनु भयो । ध्यानका माध्याम बाट बालबालीकाको सृजनसीलतामा अभिवृद्धीहुनुका साथै चेतना गहन हुने वताउनु भयो ।

अव हरेक स्कुल कलेजमा ध्यान कक्षाको शुरुवात हुनुपर्ने उहाँको भनाई छ । दिनमा कम्तिमा विहान १५ मिनेट र साँझ १५ मिनेट मात्र ध्यान गर्दा पनी मानिसमा निकै ठुलो परिवर्तन आउने उहाँको भनाइ छ ।

कार्यक्रममा अर्का प्रशिक्षक नारायण प्रसाद धिमालले हरेक विद्यालयले बालबालीकाहरुलाइ स्कुलमै कक्षाको रुपमा ध्यान सञ्चालन गर्नु पर्ने वताउनु भयो । यस बाट बालबालीकामा नयाँ नयाँ कुराहरु जान्ने र खोज्ने क्षमताको विकास हुने वताउनु भयो । हरेक मान्छेलाइ सकारात्मक वाटोमा हिडाउने माध्यम नै ध्यन भएकोले अहीलेको अवस्थामा यो सवैको आवस्यक्ता भै सकेको वताउनु भयो ।

यस अघि विद्यालयका शिक्षकहरुले लिएको भावातीत ध्यानको प्रशिक्षण अहीले बालबालीकाहरुलई दिइएको हो । विद्यालयमा अव नियमीत शिक्षक तथा विद्यार्थीहरुको ध्यान कक्षा हुने विद्यालयका निर्देशक डा भोलानाथ योगीले जानकारी दिनु भयो । विद्यार्थीलाइ सांस्कारीक र ब्यभारीक वनाउन मात्र सकेपनि समाज रुपान्तरणले ठुलो फडको मार्ने उहाँको भनाइ छ ।

कार्यक्रममा विद्यालयका सह प्राचार्य मुधुसुदन पन्त, शिक्षकहरु सागर दाहाल,रुपलाल गीरी, पुश्पा रावत, शुस्मीता सुवेदी, निमा वि सी, शोभा पोख्रल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक पिताम्वर रिजालले गर्नु भएको थियो ।

Facebook Comments