• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही-११ मा घरघरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण




बिजय रोका
बासगजेरी, २७ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ को बासगजेरीमा जेष्ठ नागरिकहरुको स्वास्थ्य अबस्था चेकजाँच एबम औषधि बितरण कार्यक्रम सम्म्पन्न भएको छ । शिवपुर स्वास्थ्य चौकीको आयोजाना एबम घोराही ११ को आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

जेष्ठ नागरिक जो जीवनको ७० वसन्त पार गरिसकेका बृद्धअवस्थाका बुवाआमा हरुको स्वास्थ्य अबस्था बारे के-कस्तो छ चेकजाच गरि उहाँहरुलाई आबश्यक औषधी र परामर्श दिनको लागि कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता एबम शिबपुर स्वास्थ्य चौकी हापुर शिबपुरका सि.अ हे ब तुलाराम रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बासगजेरीका जेष्ठ नागरिकहरुको स्वास्थ्य अबस्था चेकजाच गरि औसधी बितरण गरिएको थियो ।

वडाका सबै टोलहरुमा हुन गैइरहेको उक्त कार्यक्रमको पहिलो दिन बासगजेरीमा अबस्थित दुईवटै टोलहरु बिजय उत्सव टोल र मुलखोली टोल गरि जम्मा २१ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य अबस्था बारे चेकजाच एबम औषधी बितरण गरिएको हो ।

घोराही ११ का वडाअध्यक्ष कुलबहादुर लामिछाने,वडा सदस्यहरु बुद्दी बहादुर बस्नेत,कमला बि क, सरस्वता गौतम अस्थायी प्रहरी चौकी शिबपुरका हवल्दार पिताम्बर गौतम शिबपुर स्वास्थ्य चौकीका सिनियर अ हे ब तुलाराम राना,बिमला चौधरी लगायतको उक्त टोलिको उपस्तिथिमा भएको कार्यक्रममा वडाअध्यक्ष कुल बहादुर लामिछानेले सबै टोलमा कार्यक्रम हुने र सबै जेष्ठ नागरिकहरुको स्वास्थ्य अबस्था बारे चेकजाँच हुने र वडाका सम्पुर्ण जेष्ठ नागरिकहरुमा कोहि कसैलाई पनि केही समस्या न आवस यदि आइहालेछ भनेपनी त्यसलाई बेलैमा उपचार गर्न सके सबै समस्याको समयमै समाधान हुने कुरामा आफू विश्वस्त रहेको हुँदा टोल टोलमा स्थानीय सरकार रहेको जनतालाई प्रत्यक्ष आभाष दिलाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।

Facebook Comments