• २४ श्रावण २०७९, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरु विश्वस्त : श्रममन्त्री श्रेष्ठ




श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ । ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन संचालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग ९एचआरडी० को प्रशंसा गर्नुभयो । ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरुको गहिरो विश्वास रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगार विभाग अन्तर्गत ९ईपीएस० शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमुलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् । कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् । उत्पादनमुलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ । अन्य परीक्षा पनि नियमित रुपमा संचालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो । श्रमिकहरू जाने क्रम सन् २००८ बाट सुरु भएको थियो । कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् । सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली ९इपीएस० छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले बताउनुभयो ।

 

Facebook Comments