• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रासायनिक मल अभावको विरुद्ध घोराहीमा बिरोध कार्यक्रम




घोराही, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) जिल्ला समिति दाङले खाद मल अभावका विरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ।

आज बुधबार महासंघले खाद/मल,बिउको सहज आपूर्तिको माग गर्दै जिल्लाको घोराही, तुलसीपुर लगायतका ठाउँमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

घोराहीको तुलसीपुर चोकमा भएको कोणसभामालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले कृषकलाई दिने राहतका कार्यक्रम बास्तबिक किसानले नपाएको बताए । उनले सरकारले दिने कृषि अनुदान वास्तविक किसानलाई नभएर गैर कृषक र कृषिमन्त्रीका आसेपासेले मात्र पाउने गरेको जिकिर गरे ।

बालीनाली लगाउने समयमा मलको अभाव हुँदा किसानहरुमा निराशा पैदा भएको र मलको अभाव अहिले मात्र नभर प्रत्येक वर्षेणी रुपमा भइरहेकोले यो दलाल राज्यव्यवस्थाले तत्काल किसानलाई मल तथा बीउ पलहरु उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङ जिल्लाका अध्यक्ष पंचरामले नेपाल कृषि प्रधान देश भएतापनि खेती गर्ने समय सधै मलको अभाव हुने गरेको बताए । उनले किसानको हक र अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

कोणसभाको सहजीकरण अखिल ( क्रान्तिकारी)दाङ जिल्लाका कावा अध्यक्ष खुमन पौडेलले गरेका थिए ।

Facebook Comments