• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा नम्बर ९ को नवनिर्मित भवन उद्घाटन




जगत खनाल

भालुबाङ, २५ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ९को नब निर्मित प्रशाकिय भवनको आज बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको अध्यक्षता र राप्ती गाउपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

रिबन काटेर उद्घाटन गर्दै अध्यक्ष बिष्टले भौगोलिक हिसाबले बिकट रहेको यश वडाको नया भवन बाट जनतालाई महत्त्वपूर्ण सेवा उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ! ” यश वडा बाट दिने सेवाहरु गुणस्तरीय हुनु पर्छ र जनताको सेवा तदारुकता साथ गर्नु पर्छ अध्यक्ष बिष्टको भनाइ थियो ।

बिशिस्ट अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष कमलापति चौधरीले यश वडामा रहेका जनतालाइ सेवा सरल रुपमा दिनु पर्ने बताउनु भएको थियो ।
चौरासी लाख उनान्नब्बे हजार सात सय दस रुपैया लागतमा बनेको उक्त भवन जय भवानी निर्माण सेवा ले निर्माण गरेको थियो ।

Facebook Comments