• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत




बुटवल,२५ जेठ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज बुधबार लुम्बिनी प्रदेश सभामा आगामी बर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेश सभामा आज प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा जन शुशासन कार्यक्रममा हेलौँ मुख्यमन्त्री, शैक्षिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम गरिएको छ । डिटिलल प्रदेश निर्माणका कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले समन्धन सुधार र अन्रािष्ट्रय गौतम बुद्ध एरपोर्ट सञ्चालनले गर्दा लुम्बिनी समृद्धीलाई पूर्णता दिन थालेको छ ।

आर्थिक नीतिमा उत्पादनमा बृद्धि, सुशासन, प्रदेशको राजनधानी राप्ती देउखुरी, लुम्बनी अस्पताल, प्रदेश विश्व विद्यालय, जिवराज आश्रीत सडक निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने प्रदेश प्रमुख द्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बताउनुभएको हो ।

स्वास्थ्यमा आम जनताको अधिकारलाई पूर्णता दिनका लागि स्वास्थ्य भवन निर्माण, औषधीको उपलब्धता लगायतको कार्यक्रम गरीने बताउनुभयो । लुम्बिनी प्रादेशिक मुलककै नमूना अस्पताल तथा मुलकै मूना मेडिकल कलेज सञ्चालन गरिनेछ ।
पदेश प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा १८६ बुदामा समेतिएका विभिन्न लुम्बिनी प्रदेशका नीति तथा कार्यक्रम राखिएको छ ।

Facebook Comments