• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिसस दाङको निर्वाचन: गठबन्धनबाट उम्मेदवारी दर्ता




दाङ, जेठ २५ । दाङको जिल्ला समन्वय समिति (जिसस) निर्वाचनका लागि गठबन्ध दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखसहित ५ सदस्यमा काँग्रेसले उम्मेदवारी दिएका छ भने २ सदस्यमा गठबन्धबाटै माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

प्रमुखका लागि काँग्रेसका नित्यानाथ शर्माले उम्मेदवारी दिनुभएको छ छन् भने उपप्रमुखमा चेतना चौधरीले उम्मेदवारी दिनुभएको छ । शर्मा राप्ती गाउँपालिका निवासी हुनुहुन्छ । चौधरी बबई गाउँपालिका निवासी हुनुहुन्छ ।

आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धबाट प्रमुख र उपप्रमुखसहित ९ जनाले उम्मेदवारी दिएका छन् । दाङमा काँग्रेसको एकल बहुमत रहेको थियो तर गठबन्धनको मर्मअनुसार मिलेर उम्मेद्वारी दिएको काँग्रेस जिल्ला सभापति शंकर डाँगीले बताउनुभयो ।

यसैबीच नेकपा एमालेले जिसस निर्वाचनमा उम्ममेदवारी नदिने भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिका मात्र जितेको एमालेले उम्मेदवारी नदिने भएको जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले बताउनुभयो ।

दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

आज उम्मेदवारी भएपनि उम्मेदवारको नामावली प्रकाशन भोली (बिहिबार) दिउँसो दुई बजे हुनेछ र अन्तिम नामावली प्रकाशन शुक्रबार दिउँसो १ बजे हुनेछ । शुक्रबार दिउँसो ३ बजे निर्वाचन चिन्ह प्रदान गर्ने र २९ गते विहान १० बजे निर्वाचनको समयतालिका तोकिएको छ ।

तर एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनबाट उम्मेदवारी दिएकाहरु स्वत निर्वाचित हुनेछन् ।

Facebook Comments