• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अहिलेको पुँजीवाद हाबी हुने चुनावबाट आधारभूत जनताको बिजय हुन सक्दैन्ः उपाध्यक्ष शर्मा




दाङ, २२ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले अहिलेको पुँजीवाद हाबी हुने निर्वाचन प्रणालीबाट आधारभूत वर्गका जनताका प्रतिनिधि बिजयी हुन नसक्ने कुरा बताउनु भयो । उहाँले अहिलेको चुनाब धेरै महङ्गो र जनताका सेबक होइन पुँजिवादका मालिकहरु निर्वाचनमा उम्मेदवार बन्ने अबस्था रहेको जिकिर गर्नुभयो ।No description available.

पुँजिवादको मालिक उम्मेदवार बन्ने चुनाबबाट आधारभूत जनताका प्रतिनिधिले चुनाब जित्दैनन् तथापि जे जति उम्मेदवार साथीहरूले बिजय हासिल गर्नु भएको छ र उहाँहरुले जनपक्षीय काममा ध्यान दिन जरुरी भएको उहाँ भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले संगठनलाई मजबुत नबनाउदा सम्म र जनताको राजनैतिक चेतना जागरण नहुँदासम्म सहि प्रतिनिधिले निर्वाचन जित्न नसक्ने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले केहि राजनीतिक दल र तिनका नेता कार्यकर्तामा इमान्दारीताको खडेरी हुँदा निर्वाचन प्रणाली र राजनीतिकदलहरु नै बदनाम भएको कुरा बताउनु भयो ।No description available.

राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार रमेसमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष तथा गत निर्वाचनका उपाध्यक्ष पदका उम्मेदवार केसब खनाल, वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार ठाकुर आचार्य , सदस्य बाबुराम थापा, वडा नम्बर २ का निर्बाचित सदस्य मन बहादुर पुन , वडा नम्बर चार का निर्बाचित अध्यक्ष बिरबहादुर चौधरी , सदस्य समिता चौधरी , पार्टीका जिल्ला सल्लाहकार नरबहादुर के सि , जिल्ला सदस्य हुमा मास्के , पुर्ब जिल्ला कोषाध्यक्ष हुकुम बहादुर बस्नेत, अखिल नेपाल किसान महासंघ का जिल्ला उपाध्यक्ष माधब आचार्य , दधिबहादुर पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियोे ।

पालिका सदस्य गिरबहादुर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब दलबहादुर घर्तीले गर्नु भएको थियोे ।

Facebook Comments