• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान संघर्ष समिति दाङको नाममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण




घोराही, २२ जेठ । कम्प्यूटर एशोसियसन नेपाल महासंघ, दाङ शाखाले क्यान संघर्ष समिति दाङको नाममा विभिन्न पत्रपत्रिकाहरुले प्रकाशित गरेका भ्रमित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । शाखाले आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो ध्यानाकर्षण जनाएको हो ।

क्यान महासंघ दाङका अध्यक्ष कर्णबहादुर पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘मिति २०७९ साल जेठ १४ गते क्यान महासंघ केन्द्रीय कार्यालय, काठमाण्डौंलाई प्रेषित पत्र र विभिन्न पत्रपत्रिकामा क्यान महासंघ दाङ शाखाको सन्दर्भमा क्यान संघर्ष समिति दाङको नाममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

क्यान महासंघ दाङ शाखाको नयाँ सदस्यता लिन चाहने संस्था वा व्यक्तिले विधानमा उल्लेखित कागजात क्यान महासंघको अनलाइन प्रोटलमा इन्ट्री गरी सिधै केन्द्रीय कार्यालयबाट सदस्यता लिने व्यवस्था पनि रहेको र जिल्ला शाखा कार्यालयमा आवश्यक कागजात लिएर आएमा सदस्यताको लागि कन्द्रीय कार्यालयमा पठाई, केन्द्रीय कार्यालयले प्रमाणित गरी जिल्ला शाखामा पठाउँने व्यवस्था रहेको यथार्थ नबुझी अत्यन्तै झुटो, भ्रमित, कपोकल्पित र निराधारा समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित भएकाले उक्त समाचारको भ्रममा नपर्न समेत सम्बन्धित सबैमा अनुरोध गरेको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यान महासंघ दाङ शाखाले जारी गरेको विज्ञप्तिः 

Facebook Comments