• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन शान्ति भएमात्र विश्व शान्ति हुन्छः अध्यक्ष विष्ट




जगत खनाल
भालुबाङ, २२ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सवैको मन शान्ति भए मात्र विश्व शान्ति हुने बताएका छन् ।

शनिबार शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवाको नवौं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन उद्घाटन समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।No description available.

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले नेपाल सहित विश्वभर जुन किसिमको अशान्ति छ, त्यसका लागि आफुबाटै शान्ति कायम गर्न मन बदल्न जरूरी रहेको पनि बताएका छन् । मनमा शान्ति नहुँदा सम्म परिवार, समाज र देशमा शान्ति हुन नसक्ने बताएका छन् ।No description available.

अध्यक्ष विष्टले शिवसवरी धामको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत उनले बताएका छन् । त्यस्तै उनले राप्ती गाउँपालिका ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिरको विकासका लागि केवुलकार नभए जिपलाई बनाउने बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, शिवसवरी धाम धार्मिक केन्द्रकि संरक्षक तथा गुरु शिवलक्ष्मी चौधरी, प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पौडेल, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवीप्रसाद चौधरी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाकी उपसभापति श्यामा रावत, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका सचिव तुला गिरी, जनता समाजवादी पार्टी राप्ती गाउँपालिकाका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका माधव आचार्य, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, भद्राक्षी देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन पाण्डे, हाम्रो लुम्बिनी न्युज डटकमका प्रधान सम्पादक बासुदेव न्यौपाने, दर्शन राकेश पटेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य तथा केन्द्रका उपाध्यक्ष हरिबहादुर बुढाक्षेत्रीको विषयवस्तु प्रवेशबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

जेठ २५ गते सम्म सञ्चालन हुने कार्यक्रममा दैनिक विहान ८ बजे देखि ९ बजे सम्म पुजापाठ, विहान १० देखि ४ बजे सम्म र बेलुका ८ देखि राति १० बजे सम्म प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पौडेलद्वारा संगितमय कथा बाचन, भजनकृतन, झाँकी, आरती रहने छ ।

कार्यक्रममा ५ हजार बढी दान गर्नेलाई खाँदा, फूलमाला र सम्मान पत्रले सम्मान गरिने छ भने आजिवन सदस्यता लिन चाहनेका लागि रू ३ हजार बुझाएर सदस्य बन्न सकिने बताइएको छ ।
आज भन्दा ९ वर्ष अगाडि आफुमा दैविय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने गरेको बताइएको छ ।

सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।

Facebook Comments