• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ मा आगामी आर्थिक वर्षका लागि सुझाव संकलन जारी




घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले आगामी आर्थिक वर्ष २०७९ र ०८० का लागि व्यवस्थित रुपमा एकिकृत बिकास तथा कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने उद्देश्यका साथ सुझाव संकलन जारी राखेको छ । जसअन्तरगत शनिवार वडा कार्यालयले वडाका राजनितीक दल तथा विभिन्न सरोकारवाला क्षेत्रका नागरिकहरुसंग सुझाव संकलन गरेको छ ।No description available.

वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जनताको समस्या र विकास प्रमुखतामा राख्दै निति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले वडाले थाल्ने राम्रा र रचनात्मक काममा पुर्ण रुपमा सहयोग मिल्ने र नकारात्मक कुरामा खवरदारी गर्ने बताउनु भयो । उहाँले पुराना कामलाई प्राथमिकता दिदै जनतामुखी नयाँ कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । यस्तै तत्कालीन नगर पञ्चायत २०३९ देखी ०५४ का वडा अध्यक्ष श्यामप्रसाद सुवेदीले वर्तमान समयमा वडाको सबैभन्दा ठुलो समस्या अव्यवस्थित पार्किङ रहेको बताउदै यसलाई गम्भिरताक साथ हेर्नुपर्ने बताउनुभयो ।No description available.

कार्यक्रममा बोल्दै अधिकारकर्मी बिकिरण गौतमले खल्तीबाट योजना निकाल्ने काम बन्द गर्दै समस्यामा केन्द्रित र वास्तविक योजना छनोट गर्नुपर्ने बताउनु भयो । अर्काेतिर बजारमा आर्थिक बिकास अन्तरगत कृषिमा बजारी क्षेत्रमा कौसी खेती, कृषकलाई आर्थिक सहयोगभन्दा यन्त्र सहयोग, नाला व्यवस्थापन, शिक्षामा स्तरबृद्धि गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम, कला संस्कृति एवं पर्यटन, महिलालाई आत्मसुरक्षा तालिम, खेलकुद मैदान र खेलाडी उत्पादनमा लगानी बढाउनु पर्ने बताउनु भयो ।

यस्तै नागरिक समाज दाङका निवर्तमान अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता, खेलकुद क्षेत्रबाट कैलाश रोका, नरेन्द्र पुनले बोल्दै गुरुयोजना बनिसकेका वडा भित्रका निर्माण कार्यमा भैरहेको ढिलासुस्तीलाई गति दिन आवश्यक रहेको बताउनुभएको हो । यस्तै अहिले ईन्डोर खेलका लागि कभर्ड हल भएपनि खुल्ला मैदानमा खेलिने खेलकुदका लागि खेल मैदान आवश्यक रहेको बताएका छन् । अर्काेतिर व्याप्त रहेको लागु औषध दुर्वेषनी न्यूनिकरणका लागि कार्यक्रम ल्याउन माग गरिएको छ । चुनावका बेला चर्चा पाउने सुकुम्बासी र गुठिको जग्गाको समस्या समाधनलाई निति तथा कार्यक्रममा समेट्नु पर्ने बताएका छन् । यसका बजारी क्षेत्रमा सार्वजनिक शौचालय तथा खानेपानीका धाराको संख्या बढाउनु पर्ने, बाल मैत्री कार्यान्वयनलाई प्रभावकारी बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने लगाएतका विषयलाई निति तथा बजेटमा समेट्नु पर्ने बताएका हुन् । कार्यक्रमको सहजिकरण वडा सचिव तिलक डाँगीले गर्नुभएको थियो ।।

Facebook Comments