• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा बस र बाइक एक आपसमा ठोकिँदा दुई जना घाइते




बिरेन्द्र घर्ती                                    होलेरी, २१ जेठ । रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका होलेरी नजिकै बस र बाइक एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट ३१ जना तिर्थयात्रु लिएर आएको ना ४ ख ५६९० नम्बरको बस स्वर्गद्वारी दर्शन गरि फर्किने क्रममा र होलेरीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको रा ५ प ३१५ नम्बरको बाइक घुम्तिमा एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुन्टीगढी ९ निवासी २८वर्षीय रुपलाल नेपाली र २६ वर्षीय गोपाल पुन घाइते भएका छन् ।

दुर्घटना भएको केही समयमै उक्त ठाउँमा ईलाका प्रहरी कार्यालय होलेरी को टोलि पुगि घाइते २ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइ बस र बाइक नियन्त्रणमा लिएको साथै घट्ना बारे छानबिन भैरहेको ईलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज मधु सुदन वि.क ले जानकारी दिनुभएको छ । घाइते १ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट दाङ रिफर गरिएको छ ।

Facebook Comments