• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भालुबाङमा ग्रामीण विकास पत्रकारिता तालिम शुरु




जगत खनाल
भालुबाङ, २१ जेठ । लुम्बिनी प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा संचार मन्त्रालयको आयोजना र पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा ग्रामीण बिकास पत्रकारिता तालिम भालुबाङमा सुरु भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि करिब ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता तालिमको आयोजनाले पत्रकारको क्षेमता बिकासमा ठुलो सहयोग हुने भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोविन्द आचार्य , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचीव रामजी दाहाल , केन्द्रीय सदस्य सुशील पोख्रेल , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशका सवै जिल्लाबाट करिब ५० जना सहभागी रहेको उक्त तालिम आगामी २४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

Facebook Comments