• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाबाट निर्वाचित माओवादी जनप्रतिनिधिलाई सम्मान




रोल्पामा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख, र अध्यक्ष/उपाध्यक्ष सम्मानित भएका छन् ।

रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिले रोल्पामा नेकपा माओवादीबाट निर्वाचित मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षलाई सम्मान गरेको हो । रोल्पामा नेकपा माओवादी केन्द्रले रोल्पा नगरपालिकासहित ७ पालिकामा विजयी भएको थियो ।

कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री वर्षमान पुन,पूर्वसभामुख ओनसरी घर्ती, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती लगायतको उपस्थिति रहेको थियो ।

२०७४ सालमा पनि ७ वटा पालिका जितेको माओवादी केन्द्रले यसपटक पनि ७ वटै पालिका जितेको हो ।

Facebook Comments