• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः सेतु बिकलाई फेरि मार्ने कृतघ्नहरुका नाममा





सौगात आचार्य
सेतु ढलेकी थिइन्
र त तिमी उभिन पाएका हौ ।
त्यतिबेला तिमी निस्सासिएका थियौ
आकुल ब्याकुल थियौ
तिम्रै श्वास प्रश्वास चालु गर्न
सेतुले सदाका लागि आफ्नो
श्वास प्रश्वास बन्द गरेकी हुन् ।

तिमीलाई प्राणबायु प्रदान गरेर
तिम्रो सन्ततिको मुहारमा मुस्कान छरेर
सदाका लागि अस्ताएकी सेतुलाइ
आज तिमी पुनः मार्ने कल्पना गर्दैछौ ।

के तिमी ज्यूँदै छौ ?
हेर,
सेतुकै कारण प्राणवायु पाएर पनि
आज मरेतुल्य भयौ तिमी
यादगर,
सेतु तिम्रा लागि प्राणवायु गुमाएर पनि
सदा सर्बथा बाचिरहने छिन्
अमर भइरहने छिन् ।
२०७९–०२–१९ चौघेरा दाङ

Facebook Comments