• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधिलाई प्रशिक्षण दिन ‘युद्धकालीन हेडक्वाटर’ पुग्यो माओवादी




स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु वडा नम्बर ९ मा पर्ने कामी गाउँ पुगेर फर्केका छन् । माओवादी केन्द्रका नेताहरु सहित वडाध्यक्ष, वडा सदस्यमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु तीन दिन सो ठाउँमा बसेर फर्केका हुन् ।

कम्युनिष्ट आन्दोलनका प्रथम सहिद कामी बुढाको गाउँ हिललाई माओवादीले जनयुद्धकालदेखि कामी गाउँ भन्दै आएका छन् । यो हिल गाउँलाई अहिले कामी गाउँ टोल को रुपमा चिनिन्छ ।

कामी गाउँलाई माओावदीले एतिहाँसिक गाउँ मान्छन् । जनयुद्ध सुरु हुनु पूर्व पनि यो गाउँमा माओवादीको विशेष इलाका थियो । जनयुद्धका क्रममा पनि यो गाउँमा माओवादीले धेरै निर्णय गरेको, बैठक तथा भेला गरेका थिए । कम्युनिष्ट सहिद कामी बुढाको बसोबास भएको, कामी बुढाका आफन्त र परिवारजन बसेको कारणलाई यसलाई कामी गाउँ नामाकरण गरिएको थियो । माओवादीले नै यसलाई कामी गाउँ नामकरण गरेर आफ्ना गतिविधि चलाउँदै आएको थियो ।

कामी गाउँले माओवादीलाई महत्वपूर्ण योगदान गरेको छ । कामी गाउँ माओवादीले गरेको जनयुद्धको क्रममा सबभन्दा धेरै उपयोग गरेको ठाउँ हो । २०५३ सालदेखि २०६१ सालसम्म माओवादीले कामी गाउँलाई डीएचक्यू अर्थात जिल्ला पार्टी कार्यालय राखेको थियो । यसको सम्पूर्ण व्यवस्थापन र गोपनियता कायम कामी गाउँले नै गरेको थियो । सहिद कामी बुढा हुर्के, बढेको ठाउँ यही हो । यस गाउँबाट जनयुद्धका क्रममा १३ जना सहिद भएका छन् ।

माओवादी नेता जयबहादुर पाण्डेले कामी गाउँ माओवादीको आधार क्षेत्र मात्रै नभएर प्रेरणा लिने ठाउँको भएको बताउनुभयो । ‘विगतदेखि नै हामी यहाँबाट प्रेरणा पाइरह्यौं, जनताको साथ र सहयोग दरिलो पाइयो यसैले नव निर्वाचित जनप्रतिनिधिलाई पनि त्यो अनुभवका लागि हामीले यहाँ राखेर अभिमुखिकरण गरिरहेका छौं’ पाण्डेले भन्नुभयो ।

Facebook Comments