• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालको विद्युत भारत निर्यात गर्न शुरु




नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ ।

नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।

Facebook Comments