• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा एक जना युवकको शव फेला




रोल्पा, १९ जेठ । रोल्पामा  घरबाट बेपत्ता भएको झण्डै दुई महिना पछि  एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगरको शव बुधबार फेला परेको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

२०७८ चैत्र २४ गते घरबाट हिँडेका रोका धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलासी गरीदिन प्रहरीमा उजुरी दिएका थिए । सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा सडेगलेको अवस्थामा उनको शव फेला परेको  प्रहरीले बताएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

Facebook Comments