• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला स्वास्थ्य स्वयंसेबिकाका लागि १० दिने आधारभूत तालिम शुरु




रुकुम, १८ जेठ । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि १० दिने आधारभूत तालिम शुरु गरिएको छ । नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि १० दिने आधारभूत तालिम शुरु गरिएको हो । १० दिनसम्म सञ्चालन गरिने तालिमको नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले यहि जेठ १६ गते सोमबार उदघाटन गर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ३ मा रहेको मुसिकोट स्वास्थ्य चौकीमा सञ्चालित तालिम उद्घाटन सत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन र स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्रीको पनि आतिथ्यता रहेको थियो । तालिमको प्रशिक्षण एबं सहजीकरण जनस्वास्थ्य निरिक्षक बेदाराम ओली, सिनियर अनमी निरिक्षक कमला केसी, मुसिकोट स्वास्थ्य चौकीका इन्चार्ज एबं सिनियर अहेब अधिकृत रुपा थापा र सिनियर अनमी हिरा पुनले गर्नु भएको छ । तालिममा मुसिकोट नगरपालिका अन्तरगतका यसअघि आधारभूत तालिम नलिएका १९ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको सहभागिता रहेको छ । तालिम आगामी जेठ २५ गते बुधबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

Facebook Comments