• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ब्राउनसुगरसहित २ जना पक्राउ




दाङ,१७ जेठ । दाङमा लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही-१४ निवासी २४ वर्षिय पुजन राज कँवर र घोराही-१५ निवासी २२ वर्षिय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

एसपि काफ्लेका अनुसार लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

Facebook Comments