• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सूचना सरल र सहज रुपमा दिन जनप्रतिनिधिलाई पत्रकारकोे आग्रह




घोराही, १७ जेठ । पत्रकारहरुले सरल र सहज रुपमा सूचना पाउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा मंगलबार घोराहीमा जनप्रतिनिधिहरुसँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रममा उनीहरूले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकहरुले पालिका मिडियामैत्री हुनुपर्ने, कार्यपालिकाको बैठक लाइभ हुनुपर्ने, पालिकामा भए गरेका कार्यहरु वेबसाईटमा उपडेट गर्नुपर्ने तथा पालिकाका अपांगमैत्री बन्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।No description available.

पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरपालिकाले मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउँदै आएको बताए । उनले नगरपालिकाले सत्य, तथ्यमा आधारित सूचना उपलब्ध गराएको र प्रायः सूचना नगरपालिकाको वेबसाईटमा तत्काल उपडेट गर्ने गरेको जानकारी दिए ।

No description available.

दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले गाउँपालिमा न्यायीक इजलास नबनाएको बताइन् । उनले पीडित जस्तो ठाउँमा बस्छन् म पनि त्यही बसेर न्याय दिलाउने स्पष्ट पारिन् ।

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिका हिजो पनि मिडियामैत्री थियो र आज पनि मिडियामैत्री नै रहेको बताए । उनले पालिकाको स्वामित्व रहने गरि एउटा रेडियो संचालन गरेको समेत उल्लेख गरे ।

राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले आम नागरिकले सहज रुपमा पाउनुपर्ने र अबदेखि सूचना सहज रुपमा उपलब्ध गराउने बताइन् ।

प्रेस सेनानीका सुशील गौतमले पालिकाहरुले लोकतन्त्रमा सूचना लुकाउनु नहुने बताए । उनले हरेक सूचना जनतासँग प्रत्येक रूपमा जोडिएको हुने भएकाले सूचनाको अधिकारलाई पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
दाङका हरेक पालिकामा भएका साना मिडियाहरुलाई प्रोत्साहन गर्दै समृद्धि बनाउनु पर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसालले जनप्रतिनिधि र पत्रकारहरुको नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । उनले पालिकास्तरका जनप्रतिनिधि र पत्रकारको सम्बन्ध राम्रो भएमात्र एक आपसमा भएका सूचना सहज रुपमा आदनप्रदान हुनेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले पालिकाका अपांगमैत्री हुनुपर्ने बताए । उनले पालिकाको भौतिक संरचना, भाषा र संस्कारको विकास हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्का, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महासंघकी उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिब आरके शीतलले गरेका थिए ।

 

Facebook Comments