• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघद्वारा विद्युत कार्यालय घोराहीलाई ज्ञापनपत्र




घोराही, १७ जेठ । केही समय यता अघोषती रुपमा लोडसेडिङका कारण यवसायी र उपभोक्तामा पर्न गएको समस्या चाँडो समाधान गर्न नेपाल विद्युत  प्राधकिरण घोराही वितरण केन्द्र समक्ष ज्ञापन पत्र बुझाईएको छ ।No description available.

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको नेतृत्वमा विद्युत कार्यालय पुगेको टोलीले जिल्लाको प्रमुख व्यापारकी केन्द्र घोराहीमा व्यावसायकी समयमा अघोषती लोडसेडिङले पटक पटक विद्युत जाने, कम भोल्टेजको विद्युत आपूर्तीले उपकरण नचल्ने, बिना सूचना लाईन काटीने समस्या अबलिम्ब समाधान गरिदिन ध्यानाकर्षण गराएको हो । अनियमति तथा लोभोल्टेजका कारण व्यवसायीलाई आर्थिक क्षति व्यहोर्नु परेको गुनासो बढेको हुँदा तत्काल समस्या समाधानका लागि ध्यानाकर्षण गराईएको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै विद्युत कार्यालय घोराही वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहीवारले बढी समस्या भएका ठाउँमा नयाँ ट्रान्सर्फमर जडान गरिने बताएउनु भयो । यसका लागि उचित स्थान पहिचान गरिदिन संघलाई आग्रह गर्नु भएको थियो । घोराही १४,१५,१६,१७ र १८ वडामा व्यापारकी कारोबार बढी हुने हुँदा लो भोल्टेज समस्या हटाउन ठाउँ ठाउँमा ट्रान्सर्फमर राख्न कार्यालयले सहयोग गर्ने भएको छ ।

त्यस अवसरमा संघका सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु ज्ञानवहादुर फौदार क्षेत्रि, माधव खनाल, विकास वलीको सहभागिता रहेको संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।

Facebook Comments