• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा साइकल यात्री सुवेदीसहित ५ जनालाई स्वागत




बिष्णु गाेराथाेकी/ मेची-महाकाली बृहत रक्तदानसँगै साइकल यात्रा २०७९ भन्ने मुलनारासहित मेचीमहाकाली साइकल यात्रा तय गर्नुभएका सन्देश सुवेदी सहितकाे टिमलाइ पद्माेदय क्याम्पसले रक्तदान कार्यक्रमका बीच भव्य स्वागत गरेकाे छ। मेचीमहाकाली यात्रामा लाग्नुभएका सुवेदीकाे स्वगत सहितकाे रक्तदान कार्यक्रम आयाेजना गरेकाे आयाेजक शिक्षक बिद्यार्थी समन्वय समितिले जानकारी दिएको हो ।

मेचि महाकाली बृहत रक्तदानसंगै साइकल यात्रा २०७९ काे मुख्य आयाेजक सन्देश सुवेदी(पर्वत) रहनुभएकाे छ। सुवेदी नेपाल रेडक्रस साेसाइटी र नेपाल स्वयंसेवी रक्तदातन समाजकाे आजिवन सदस्य रहेकाे पनि जानकारि दिनुभयो भने उहाँ संगै- विश्व साइकल यात्रि अजित बराल(पाेखरा) , सन्तोष गिरी(माेरङ), मञ्जिल उप्रेती र कमल मगर (बृतामोद) पनि यात्रामा जाेडिनुभएकाे छ ।

मेचीदेखि दाङ सम्मकाे यात्रामा धरान लगायत केही ठाउँमा नराम्रो क्रिर्याकलाप भएकाे, गाडिहरु ओभर स्पिड हुने, बाटाे नदिने,समयमा पानी पिउन नपाउनु जस्ता समस्या भए पनि टिम भएकोले सहजै सङ्ग यात्रा भएको छ भन्नुभयो – अहिलेसम्म अाउदा राम्रो उर्जा मिलेकाे छ, ट्राफिक हरुवाट पनि राम्रो प्रतिक्रिया पाएका छौ, देश प्रतिकाे माया बाेकेर हिड्न पाउँदा गर्वले छाति फुलेको छ । धेरै जसाे जिल्लाहरुमा मिडियाकाे साथ पाउँदा र दाङमा पनि सहयाेग पाईकाे जानकारी दिनुभएको थियाे ।

ब्लडकाे अभावले आफ्नाे आमा धेरै समयसम्म बिरामी हुनुपरेकाे ब्लड अभाब भएकोले अरुलाई यस्तो समस्या नहाेस भन्ने उदेश्यले आमाकाे सम्झनामा साइकल यात्रा सुरु गरेकाे सुबेदीले जानकारी दिनुभयो ।

मेचिबाट सुरुगरेकाे यात्रा काकरभित्ता, माेरङ, धरान, जनकपुर, हेटौंडा, चितवन, बुटवल, कपिलवस्तु हुदै दाङ आईपुग्न १७ दिन लागेकाे छ भने तुलसीपुर,सुर्खेत नेपालगन्ज महाकाली पुग्न १५ दिन जति लाग्ने अनुमान गर्नुभएको छ ।

Facebook Comments