• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सागबारी लेकमा साग टिप्ने जात्रा




निराजन सिर्पाली / रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ को सागबारी लेकमा हरेक वर्ष साग टिप्ने जात्रा लाग्छ । यहाँ सिस्ने गाउँपालिका वडा नम्बर ४ र २ नम्बर वडाको युवा युवती हरु विषेश गरि साग टिप्दै लेकतिर जाने र एक ठाउँमा सबै जम्मा भएर रमाइलो गर्ने चलन छ ।
यो लेकमा डिन्ने, खिरौला , लसुने , झर्को साग र च्याउहरु आदि पाईने गर्छ ।

यो भन्दा अघिल्लो वर्ष कोरोनाले गर्दा खासै लाग्न नसकेको जात्रा यो वर्ष भने रमाइलोको रौनक बनेको छ । यहाँ डि.जे डान्स , लोक दोहोरी , साग टिप्ने , फोटाखिच्ने चलन झन प्रख्यात बन्दै गएको स्थानीय कमला बि.कले बताउनुभएको छ ।

परापुर्व कालदेखि लाग्दै आएको यो जात्रा पछिल्लो समयमा अलि फरक र झन चर्चाको विषय बनेेको र यस्लाई ब्यवस्थित र संरक्षण गरे पछिल्लो पुस्ता मा इतिहास रहने बसन्त घर्ती ले बताउनुभएको छ ।

Facebook Comments