• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीमा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित




शिवु खनाल
देउखुरी, १६ जेठ । लमही नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पालिकाका ५ महिला र ३ अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध हुने कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका महिला सदस्यहरुबाट वडा नं १ की किरण चौधरी, २ की सुनिताकुमारी चौधरी, ५ की चन्द्रा चौधरी, ८ की देवा परियार र ९ की पार्वती विश्वकर्मा रहनु भएको छ । यसैगरी दलित अल्पसंख्यक समुदायबाट लमही नगरपालिका वडा नं. ३ का लालबहादुर नेपाली, ४ की तुलसी विक र ६ का भविराज सुनुवार निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्विरोध भएका कार्यपालीका सदस्यहरुको प्रमाण–पत्र प्रदान तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत मानबहादुर विष्ट, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उप–प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले संयुक्तरूपमा प्रमाण–पत्रमा प्रदान गर्नुभएको हो । नवनिर्वाचित कार्यपालिका सदस्यलाई नगर प्रमुख जोगराज चौधरीले सपथ ग्रहण गराउनु भएको हो ।

निर्वाचन अधिकृतको मानबहादुर विष्टको अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि एवम् लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका प्रशासन प्रमुख महेश थापाले गर्नुभएको थियो । आठजना नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेपछि लमही नगरपालिकामा कार्यपालिका सदस्यले पूर्णता पाएको हो ।

Facebook Comments