• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसारकै उच्च स्थानमा भएको खुला अल्ट्रा म्याराथनमा रुकुमका दुर्गाराज तृतीय




संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै त्रिभुवन आर्मी क्लबका धावक तीर्थबहादुर तामाङले १७ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् । उनले आइतबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ दशमलब १९ किमिको दूरी ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पूरा गरे ।

राजकुमार राजभण्डारीे ३ घण्टा ५१ मिनेट ५९ सेकेन्डबाट दोस्रा भए । स्थानीय धावक सुमन कुलुङ ३ घण्टा ५३ मिनेट १० सेकेन्डबाट तेस्रो भए । उनीहरू खुला म्याराथनतर्फ विजेता भएका हुन् ।

महिलातर्फ म्याराथनको उपाधि पूर्णिमाया राईले जितिन् । उनले ५ घण्टा १९ मिनेट १५ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो र तेस्रो क्रमशः अमलधानी राई र सेविका राई विजयी भए । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनका लागि लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति लुम्बिनी टर्च (बुद्ध फ्लेम) सगरमाथा बेसक्याम्प पुर्‍याइएको थियो । लुम्बिनी टर्चलाई बेसक्याम्प परिक्रमा गराई आइतबार बिहान ७ बजे म्याराथन सुरु गरिएको थियो । ७३ वर्षीय ब्राजिलियन धावक विल्सन कार्लोस ब्रोन्ज कोत्रिमले टर्च उचालेर दौड सुरु गरे ।

सगरमाथामा पहिलो पटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ६९ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा म्याराथन हुँदै आएको छ । कोभिड–१९ का कारण दुई वर्ष रोकिएको म्याराथनको यो १७ औं संस्करण हो ।

लुम्बिनीदेखि बुद्ध फ्लेम ओलम्पियन वैकुण्ठ मानन्धरले नाम्चेसम्म ल्याएका थिए । ‘विश्वकै अग्लो स्थानमा दर्गुन पाउनु सबैका लागि गर्वको अनुभूति हुन्छ,’ म्याराथनका परिकल्पनाकार विक्रम पाँडेले भने, ‘साहसिक रोमाञ्चक अनुभव उस्तै पाउँछन् ।’

म्याराथन बेसक्याम्पको सिरानस्थित खुम्बु आइसफल छेउबाट सुरु भएको हो । करिब ३ किमि हिउ छिचोल्दै खेलाडी अघि बढेका थिए । लालीगुराँसको मनमोहक रसस्वादन लिँदै ट्रेल रनिङको आनन्द लिँदै दौड्नुमा आनन्दको सीमा नभएको धावक सुमन कुलुङले बताए ।

३५ वर्षे तीर्थले एक लाख रुपैयाँ पुरस्कार जिते । राजकुमार र सुमनले क्रमशः ७५ हजार र ५० हजार जिते । ‘संसारकै अग्लो ठाउँमा दौडेर पुरस्कार जित्दा निकै खुसी छु,’ विजेता तीर्थले भने, ‘दौड्न पूरा गर्न निकै कठिन र जोखिम भए पनि दगुर्दा सबै दुःखकष्ट भुलें ।’ प्रतियोगितामा २५ मुलुकका ६७ पुरुष र २९ महिला तथा नेपाली ४८ पुरुष र ११ महिला सहभागी थिए ।

विदेशीतर्फ म्याराथनमा स्विस धावक बेनहर्ड विजेता हुँदा रोमानियाका ड्रागोस र बेलायतका बेन्जामिन क्रमशः दोस्रा र तेस्रा भए । २१ किमि खुला हाफ म्याराथनको उपाधि सबै विदेशीले जिते । जर्मनीकी भेरेना स्केलिमियारले जितिन् । उनले ३ घण्टा ६ मिनेट ३४ सेकेन्डमा पुरा गरेर उपाधि जितिन् । रोमानियाकी एलेना फुर्तुेले ३ घण्टा २८ मिनेट १७ सेकेन्डबाट दोस्रो भइन् । जर्मन नागरिक डाइटमर स्टुप्ट ३ घण्टा ३० मिनेट १९ सेकेन्डबाट तेस्रो भए । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाऐ ।
अल्ट्रा म्याराथनमा रुकुमका दुर्गाराज तृतीय
६० किमि खुला अल्ट्रा म्याराथन अर्जुन राई कुलुङले जिते । दोस्रो र तेस्रो क्रमशः गोपाल तामाङ र दुर्गाराज बुढा भए । उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे । दुर्गाराज रुकुमका खेलाडी हुन् ।

‘विश्वकै कठिन र हाइअल्टिच्युड लाग्ने ठाउँमा दौड पूरा गर्न सबै लालयित हुन्छन्,’ इभेन्ट म्यानेजर शिखर पाण्डेले भने ।

Facebook Comments