• २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निर्वाचन लडेका पत्रकार महासंघका सदस्यहरु स्वतः पदमुक्त




नेपाल पत्रकार महासंघले निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुने प्रावधान कार्यान्वायनमा ल्याएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित हुन गएको सन्दर्भमा व्यापक छलफल गरी सो निर्णय गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।
बैठकले गरेका निर्णय यस्ता छन्ः
–महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ ।

–स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको छ ।

–बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

–स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय गरियो ।

–बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरूमा विद्यमान श्रम समस्याहरू समाधानका निम्ति सशक्त ढंगबाट अगाडि बढ्ने निर्णय गरेको छ । त्यसका लागि सम्वाद, छलफल, कानुनी प्रक्रिया र संघर्षका कार्यक्रमलाई एकसाथ लैजाने निर्णय गरेको छ ।

–विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारका सवालमा महासंघसँग भएका सहमति कार्यान्वयन नभएकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल सहमति कार्यान्वयन नभएमा थप दबाबमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

–स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाललगातका निकायहरूको भूमिकाको बारेमा समीक्षा गर्दै बैठकले ती निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

Facebook Comments