• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आईपीएल उपाधिका लागि, गुजरात र राजस्थान भिड्दै




दाङ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।
अहमदाबादमा हुने आईपीएलको फाइनलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ८:१५ बजे सुरु हुनेछ ।
आज दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो। गुजरात पहिलो सहभागितामै उपाधि उचाल्न चाहन्छ।
यता, राजस्थान पनि गुजरातलाई हराएर उपाधि जित्न चाहन्छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ । राजस्थानले पहिलो संस्करणको उपाधि जितेको थियो ।
पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएर फाइनल पुगेको हो । तर, दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले पुन: गुजरातसँग भेट पक्का गरेको हो ।
राजस्थान आज गुजरातविरुद्ध क्वालिफायरमा व्यहोरेको हारको बदला लिन चाहन्छ । गुजरात भने यस सिजन राजस्थानमाथि लगातार तेस्रो जित निकाल्दै उपाधि उचाल्न चाहन्छ ।
लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो ।

Facebook Comments