• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मलामी गएका एक जना ब्यक्तिको पानीमा डुबेर मृत्यु




सल्यानमा मलामि गएका एक ब्यक्तीको पानीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका वडा १४ च्याउखोलाका ३७ बर्षिय बहादुर शाहीको शारदा खोलामा नुहाउने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।

उनी छिमेकीको मलामी गएको र त्यही नुहाउने क्रममा सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर नजिकै शारदा खोलामा गएका थिए।

मलामी गएकै बेला खाडलमा नुहाउने क्रममा डुबेको थिए
जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

शव पोष्ट मार्टमका लागि अस्पतालमा नै राखिएको उनको भनाई छ ।

Facebook Comments