• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविका कक्षा १२ का विद्यार्थीलाई विदाई, उत्कृष्टलाई सम्मान




ज्ञानसिन्धु मावि घोराहीका कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११ विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ गरेका हुन् । उनीहरु सोमवारदेखि शुरु हुने राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सामेल हुँदैछन् ।

कक्षा ११ की छात्रा सरस्वती केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीले विद्यालय शिक्षाको अन्तिम ढोका कक्षा १२ सकेर जाने विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । विद्यालयमा सिकेका सैद्धान्तिक ज्ञानका साथै आवश्यक सीप र जीवनोपयोगी कलालाई ब्यवहारमा लागु गर्न सके जीवन सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

प्लस टू संयोजक तिलक अधिकारीले नर्सरीदेखि मास्टर डिग्रीसम्म पढाइ भइरहेको यो संस्थामा अध्ययन गर्नु राम्रो अवसर भएको भन्दै यहाँबाट नियमित शिक्षाको साथै सामाजिक जीवन निर्वाहका संस्कार सिक्न पाउने गरेको बताउनुभयो । साविक राप्तीका ग्रामीण क्षेत्रबाट आएका विपन्न समुदायका झण्डै आठ सय बालबालिकाले कक्षा ११ र १२ अध्ययन गरिरहेको भन्दै उहाँले यहाँबाट शिक्षा लिएका बालबालिकाले आगामी दिनमा असल नागरिकको ब्यवहार देखाउनुपर्ने बताउनुभयो ।
उत्कृष्टलाई सम्मान

कार्यक्रममा कक्षा १२ को प्रिबोर्डमा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः शर्मिला बुढाथोकी, बलबहादुर बाँठा र मनिषा खड्कालाई सम्मान गरिएको थियो । विदाइ भएर जाने सबै बिद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको थियो भने मायाँको चिनो पनि प्रदान गरिएको थियो । त्यस्तै कक्षाका उत्कृष्ट विद्यार्थीहरु शर्मिला बिक, धनेश घर्ती र ललित परियारलाई पनि सम्मान गरिएको थियो ।

कक्षा ११ का विद्यार्थी लोकेन्द्र केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सोही कक्षाका विद्यार्थीद्वय तिलक पुन मगर र रेश्मा बुढाथोकीले गर्नुभएको थियो । बिद्यार्थीहरुले बिबिधि सांस्कृति प्रस्तुति पनि देखाएका थिए ।

Facebook Comments