• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तरकारी खेतीले फेरिएको बिरबहादुरको जीवनस्तर




राजेश गाैतम
रुकुम । रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका -११ लहुका बिरबहादुर खड्काकाे जीवन तरकारी खेतीले फेरिदिएको छ ।
परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका खड्काले करिब ९ बर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

आफ्नै दुई रोपनी बाझो जमिनमा तीन लाख लगानी गरेर ब्यवसाय सरु गरेको उहाँले बताउनु भयो । उहाँले अहिले बर्सेनि ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँकाे तरकारी खेती अहिले १० रोपनीसम्म फैलिएको छ । तरकारी खेतीले गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च सहजै टर्नै गरेको उहाँको भनाइ छ ।

उहाँको बारिमा अहिले बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी छन् ।
उहाँले मौसम अनुसारका सम्पुर्ण तरकारी खेती गर्दै आउनुभएको छ।
स्नातक पास गरेर पनि स्वदेशमा रोजगारी नपाईएपछि साथिहरु प्रदिसियको र आफुले नेपालमै के गर्नु पर्छ भन्ने सोचले ब्यबसायिक तरकारी खेती गर्न लागेको उहाँको भनाइ छ ।

खड्काले गाउँकै दुई जना युबालाइ रोजगार समेत दिनुभएको छ।
२०७७ सालमा जिल्ला कृषि बिकास कार्यालय बाट २ लाख अनुदान समेत पाएको उहाँ बताउनु हुन्छ । उक्त अनुदानले थप मेहनत गर्ने हाैसला बढ्यो उहाँले भन्नू भयो ।
दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार लगेर बेच्ने गर्छु उहाँले भन्नू भयो ।

गाउँमा मोटर बाटो भएपनी नियमित गाडी नचल्दा उत्पादन भएका तरकारी उपभोक्ता सम्म पुर्याउन कठिन हुन्छ । उहाले तरकारी सङ्गै विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आउनु भएको छ। आफू आफ्नो पेसाबाट पुर्ण रुपमा सन्तुष्ट रहेको उहाँ बतनउनु हुन्छ । धेरै शिक्षित युवाहरु वैदेशिक पलायन हुन्छन् तर दुख गरे नेपालमै सबै सम्भब हुन्छ उहाँले भन्नू भयो । सबैलाइ आफ्नै माटोमा पसिना बगाउन समेत सल्लाह उहाँ दिनुहुन्छ ।

Facebook Comments