• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा यात्रुबाहक बस दुर्घटना, ७ जना घाइते




दाङ, १३ जेठ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सिपेक्टर सन्तोष खनालले जानकारी दिनुभयो । दुर्घटनामा बागचौर नगरपालिका -८ कोटमौलाका ६३ वर्षिया चम्फा ढकाल, बागचौर नगरपालिका -८ कोटमौला ४८ वर्षिय अजमत कामी, सोहि ठाउँका ३६ वर्षिय दिपक योगी, ७५ वर्षिय लिलानाथ योगी घाइते भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।

यस्तै बागचौर नगरपालिका -९ का २३ वर्षिय मनिषा भण्डारी, छत्रेश्वरी-२ दहखोलाका २२ वर्षिय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका-३ का डाँडापोखरीका ५८ वर्षिय दिलकुमारी खड्का घाइते हुनुभएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको थारमारेमा रहेको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको बस अचानक दुर्घटनामा परेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । सोहि ठाउँमै ओरालो सडकमा टिप्पर दुर्घटना भएको र  बाटो साघुरो देखेपछि साइट हेर्न बस चालक ओरालोमा गाडीलाई गेरमै राखेर बाहिर गएको समयमा बस दुर्घटनामा परेको हो । बसमा ३०/३१ जना सवार रहेको  प्रहरीले जनाएको छ ।

 

Facebook Comments