• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा मिनी ट्रकको ठक्करबाट बाइक चालकको मृत्यु




घोराही । दाङमा मिनी ट्रकको ठक्करबाट बाइक चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै रा १ क ४३७३ नम्बरको मिनी ट्रकले रा १ प १५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २४ वर्षीय भागकुमार पुनको मृत्यु भएको छ ।

बिहीबार बेलुकातिर मिनी ट्रकको ठक्करबाट बाइक अनियन्त्रित भइ नारायणपुरबाट घोराही आउँदै गरेको रा १ क १०१९ नम्बरको स्कूलको बसमा ठोकिन गइ गम्भीर घाइते भएका बाइक चालक पुनलाई उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।

मृत्यु हुनेमा घोराही–१८ बस्ने २४ वर्षीय भागकुमार पुन हुन् । मिनी ट्रक, बाइक र स्कूल बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments