• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा चुनावी तालमेल सफल भएको माओबादी केन्द्रको निष्कर्ष




कमिरेचौर/ नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले समग्रमा चुनावी तालमेल सफल भएको निश्कर्ष निकालेको छ ।माओबादी केन्द्र बंगलाचुली गाउँ कमिटिको बुधबार  कमिरेचौरमा सम्पन्न चुनावी समिक्षा बैठक बाट यस्तो निष्कर्ष निकालेको हो ।

नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपार्टी अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र का केन्द्रिय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा बोल्दै बंगलाचुली गाउँपालिकामा माओबादी केन्द्रको अवस्था बलियो रहेको र आगामि दिनमा पनि पार्टीको अवस्थालाई अहिलेकै अवस्थामा राखि राख्न सम्पूर्ण पार्टीका नेतृत्व लागि पर्न निर्देशन दिनुभएकोछ ।

आचार्यले पार्टीको केन्द्रिय नितिलाई मान्दै बंगलाचुलीमा गरिएको गठबन्धनले जिल्लालाई समेत उदाहरण दिन सफल भएको बताउनुभयो । बैठकमा बोल्दै प्रमुख अतिथि आचार्यले नेकपा माओवादीको एजेण्डामै देश सञ्चालन भइरहेको र नेकपा माओवादीले देशको बर्तमान संविधानको रक्षा गर्दै सहि दिशा तर्फ उन्मुख गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिकामा माओवादी र नेपाली काङ्ग्रेसको संयुक्त गठबन्धनबाट निर्माण भएको स्थानिय सरकारले जनपक्षीय कामहरु गर्नुपर्ने र जनताका मुलभुत समस्याहरु सम्बोधन गर्दै बंगलाचुली गाउँपलिकालाइ नेपालकै नमुना गाउपालिकाको रुपमा विकास गर्न सुझाव दिनुभयो ।
बैठकमा बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका नेकपा माओबादी केन्द्रका पार्टिका अध्यक्ष तथा इन्चार्जहरुले चुनावी रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो । स्थानिय निर्वाचनमा गठबन्धन भएका वडाहरु वडा नं १, ५, ६ र ७ का पार्टिका इन्चार्जहरुले गठबन्धन सफल भएको बताउनुभएकोछ । अन्य मित्रवत प्रतिस्पर्धा भएका वडाहरुमा पनि पार्टिको अवस्था राम्रो रहेको र आगामी दिनहरुमा पनि पार्टिलाइ अझ मजबुत बनाइ अगाडी बड्ने पार्टिका अध्यक्ष तथा इन्चार्जहरुले प्रतिवद्धना जनाउनुभएकोछ ।

बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य चुरामणी नेपाली जिवन, बंगलाचुली गाउँपालिकाका नव निर्वाचित अध्यक्ष एवं नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक तुलसीराम पुनमगर सुवास, दाङ जिल्ला सदस्य तथा निवर्तमान अध्यक्ष भक्त बहादुर वली,बंगलाचुली गाउँकमिटि सहसचिव शोभाराज विश्वकर्मा, कोषाध्यक्ष बासुदेव महरा लगायले बोल्नुभएको थियो ।

बैठकको सञ्चालन नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिका उपाध्यक्ष रमा पुनले गर्नुभएको थियो ।

Facebook Comments